ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने

Screenshot 2025 07 18 13 32 40 749 com.hamropatro edit

यस वर्षको प्रतिष्ठित ‘हामी नेपाली ग्लोबल हिरो अवार्ड’ ज्ञानेन्द्र शाही र कुलमान घिसिङ लाई प्रदान गरिने भएको छ। यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा ग्लोबल नेपालीद्वारा आयोजित एक भव्य समारोहमा प्रदान गरिनेछ।

ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ-आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै यो अवार्ड प्रदान गर्दै आएको छ। यस वर्ष विशेष गरी ज्ञानेन्द्र शाही र कुलमान घिसिङको राष्ट्र निर्माण र जनसेवामा पुर्‍याएको योगदानको कदर स्वरूप यो अवार्ड प्रदान गर्न लागिएको हो।

न्यूयोर्कमा आयोजना हुने यो कार्यक्रममा नेपाली डायस्पोराका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। ग्लोबल नेपालीले नेपाली प्रतिभा र राष्ट्रका लागि समर्पित व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर उनीहरूको योगदानलाई उच्च कदर गर्दै आएको छ।

समन्धित समाचार