मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिएका छन् ।
आइतबारमात्र राष्ट्रिय योजना आयोगमा हाजिर भएका उनले राजीनामा दिएका हुन् । आगामी मन्त्रिपरिषद् बैठकले उनको राजीनामाबारे निर्णय गर्ने छ ।
डा.अर्यालमाथि अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा गत असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । विशेष अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।
