देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा बर्षाको सम्भावना

2

देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक / दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

समन्धित समाचार