निर्मला कुर्मीको न्यायका लागि प्रदर्शनरत रूबी खान र सरकारबीच सहमति

7 6

निर्मला कुर्मीको न्याय माग्दै प्रदर्शन गर्दै आएको रूबी खानको माग र सरकारबीच सहमति भएको छ। मंगलबार अपरान्ह्र गृह मन्त्रालयका प्रवक्ता एव‌ं सहसचिव ऋृषिराम तिवारी, उपसचिव दिलकुमार तमाङ र रूबी खानबीच माइतीघर मण्डलमा सहमति भएको हो।

गृह मन्त्रालयले रूबी खानको टोलीलाई दिउँसो मन्त्रालयमा बोलाएर वार्ता गरेको थियो। माग सम्बोधन हुने भएपछि सहमति भएको अभियन्ता रूबी खानले जानकारी दिइन्। निर्मला कुर्मीको मुद्दालाई कानुनी प्रक्रियामा अगाडि बढाउनुपर्ने भन्दै उनीहरू जेठ २५ गतेदेखि काठमाडौं माइतीघर मण्डलासहित विभिन्न ठाउँमा प्रदर्शन गर्दै आइरहेका छन्।

कुर्मीलाई लामो समय बन्धक बनाएर हत्या गरिएको उनीहरूको आरोप छ। माग सम्बोधन भएसँगै उनीहरूले प्रदर्शन स्थगित गर्ने भएका छन्।

समन्धित समाचार