अदालतसँग माफी मागेर रिहा भए सिधाकुराका २ पत्रकार

508

सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगाना रिहा भएका छन् । अदालतको अवहेलनामा नौ न्यायाधीशको बृहत् पूर्ण इजलासबाट दोषी ठहर भएका उनीहरूलाई अदालतसमक्ष लिखित माफी मागे सात दिन र माफी नमागे तीन महिना कैद सजाय भएको थियो ।

फैसलाको सतर्तअनुसार उनीहरूले थुनामै बसेर माफीका लागि सर्वोच्च अदालतमा कानुन व्यवसायीमार्फत गत बिहीबार निवेदन दिएका थिए । शुक्रबार फाँटबाट निवेदन स्वीकृत भएको पत्र केन्द्रीय कारागार जगन्नाथ देवलमा पुगेपछि दुवैजना आज रिहा भएका हुन् । उनीहरू रिहा भएसँगै सिधाकुराको न्युजरुम पुगेका छन् ।

समन्धित समाचार