तुलसीपुरमा घरभित्र छिर्‍यो माइक्रो, ६ जना घाइते

101

दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम पश्चिमका लागि छुटेको एउटा माइक्रो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

आइतबार बिहान तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको  बा.प्र ०३ -००१ ज ७७२ नम्बरको विद्युतीय माइक्रो गाडी तुलसीपुर उपमहानगरपालिका – ७ डाँडापातुवा सडकमा अनियन्त्रित भई स्थानीय  खिमबहादुर मल्लको घरमा छिरेको थियो ।

गाडीको केही भाग कोठाभित्रै छिरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी माइक्रो चालक, त्यसमा सवार यात्रु र डेरामा बसेकाहरू घाइते भएका छन् ।

घाइते सबैको तुलसीपुरस्थित राप्ती प्रोदशिक अस्पतालमा उपचार भइ रहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

समन्धित समाचार