आज अपराह्नबाट पूर्वी नेपालतर्फबाट अर्को प्रणाली भित्रने मौसमविद्ले बताएका छन्।
मनसुन बाहिरिनुपर्ने सिजनमा पूर्वी भेगबाट पुनः वर्षा सुरू हुन लागेको हो। जसको कारण घटस्थापनाको दिनसम्म पानी पर्ने छ । मंगलबार अपराह्नदेखि फेरि अर्को मौसमी प्रणालीले पूर्वी नेपालबाट प्रवेश गर्न लागेको हो ।
नेपालमा अर्को केही दिनसम्म हल्कादेखि मध्यम वर्षा हुने छ । हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ तर केही क्षेत्रमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना छ ।
बाहिरिने बेलामा मनसुन पुनः सक्रिय हुने भएको छ । नेपालमा मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो। जुन १० अर्थात् जेठ २८ गते मनसुन नेपाल प्रवेश गरेको थियो।
